सभामुख घिमिरे र गृहमन्त्रीबीच दुई बुँदे सहमति कार्यान्वयनबारे छलफल

7.7k Shares

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ । संसद् बैठक बस्नु अघि उनीहरूबीच मंगलबार सिंहदरबारमा छलफल भएको हो । 

छलफलमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 

सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मागलगायतका विषयमा पनि छलफल भएको बताइएको छ । रास्वपा भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद्मा अवरोध पुर्‍याउँदै आएको छ । 

रास्वपाका सांसद्हहरू मंगलबारको बैठकमा सहभागी हुन निलो रंगको खादा पहिरिएर नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् ।

सम्बन्धित समाचार