काठमाडौं, २८ जेठ । मोरङ, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा
नगरपालिका-४ बस्ने ५७ वर्षीय अशोक कुमार धामी थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अशोकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बाँके, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम तुर्माखाँद गाउँपालिका-१ रहफ बस्ने २० वर्षीय मनबिर शाहीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
मनबिरले ती बालिकालाई कोहलपुर नगरपालिका-११ चौराहास्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रहफ अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।