17.7k
Shares
चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा आजबाट शुरू हुँदैछ । आज साढे १२ बजेदेखि उद्घाटन हुने कार्यक्रम रहेको एमालेको महाधिवेशनमा बाँडिएको मास्कमा अध्यक्ष केपी शर्मा ओलीको फोटो राखिएको छ ।
एमालेले आफ्नो तर्फबाट बाँडेको मास्कमा ओलीको फोटो राखिएको हो । यसअघि भएको विधान महाधिवेशनमा पनि पानीको बोतलमा ओलीको फोटो राखिएको थिए ।
ओलीको फोटो छापिएको मास्क बाँडिएपछि केही नेताहरूले त्यसलाई व्याक्तिवादी सोचको पराकाष्ठा भनी टिप्पणी गरेका छन् ।