आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

5.9k Shares

काठमाडौं, २६ जेठ । बारा, बिश्रामपुर गाउँपालिका-१ खेखरिया बस्ने सुरेन्द्र पंडितको घरमा विद्युत सर्ट भई
आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

रौतहट, परोहा नगरपालिका-६ बसन्तपट्टी टोल बस्ने बनारसी जैसवालको घरमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा करिब १ लाख १० हजार ९ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

संखुवासभा, सभापोखरी गाउँपालिका-६ तामिङ बस्ने २९ वर्षीय सुभास राईको घरमा विद्युत सर्ट भई आइतबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार