बरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङको दावी

16k Shares

काठमाडौं । नेकपा एमालेको आसन्न १० औ महाधिवेशनमा स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् । चितवनमा हुने महाधिवेशनमा नेम्वाङले सर्वसम्मत वरिष्ठ उपाध्यक्षका लागि पहल गर्ने नभए उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै नेम्वाङले यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए । नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन थुप्रै नेता कार्यकर्ताबाट सुझाव आएको बताए । गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो ।

महासचिव ईश्वर पोखरेलले पनि बरिष्ठ उपाध्यक्षमा दावी गरिरहेका छन् भने माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापाले पनि बरिष्ठ उपाध्यक्षमा दावी गरेका छन् । उनिहरुलाई व्यवस्थापन नगरी एमालेमा नेम्वाङले सर्वसम्मत बरिष्ठ पाउन गाह्रो रहेको एमालेकै नेताहरु बताउँछन् ।

यदी पोखरेल र थापाले बरिष्ठमा दावी छोडेनन् भने निर्वाचनको विकल्प नभएको स्वयम् नेम्वाङले नै स्विकार गरेका छन् ।

सम्बन्धित समाचार