आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

7k Shares

काठमाडौं, ७ जेठ । बारा, कलैया उपमहानगरपालिका-२० बस्ने प्रमानन्द सहनीको घरमा विद्युत सर्ट भई
मंगलबार राति आगलागी हुँदा घर, घर भित्र रहेका लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब १ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, मौलापुर नगरपालिका-३ बस्ने जयलाल साह कानुको घरमा गए राति आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार