बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

8.5k Shares

काठमाडौं, ५ जेठ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने बारा
परवानीपुर गाउँपालिका-५ घर भएका ३१ वर्षीय राकेश गुप्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

सम्बन्धित समाचार