मृत अवस्थामा फेला

7.7k Shares

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थान नजिकै सडक किनारामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ प्रभातपथ बस्ने ८० वर्षीया सकुन्तला लम्साल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

धनुषा, बटेश्वर गाउँपालिका-४ पुजारी टोल घर भई सोही गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५५ वर्षीय कुशेशर पासवान सोही कार्यालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार