8k
Shares
काठमाण्डाै – कास्कीको पोखरा महानगरपालिका–२२ मा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । आज दिउँसाे विश्व शान्ति स्तुपाबाट पाेखरा फर्किँदै गरेकाे ग १ ख ३८८६ नम्बरकाे बस सडकमा पल्टिएकाे हाे ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकाे प्रहरीले जनाएकाे छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । बसमा २६ यात्रु रहेकामा चार जना सकुशल छन् ।