करेन्ट लागेर मृत्यु

8.3k Shares

काठमाडौं, ३१ वैशाख । बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित एरोटेक सिलिन्डिर प्रालिको गोदाममा काम गर्ने क्रममा करेन्ट लागेर कोल्हवी नगरपालिका-११ थस्कौल बस्ने ४० वर्षीय गोविन्द चौधरीको मंगलबार बेलुकी मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ, रतुवामाई नगरपालिका-‍३ मिर्चा डागी बस्ने ७३ वर्षीया सूर्य देवी गनगाई र ७० वर्षीया रामुदेवी गनगाईको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार