रामेछापमा आगलागी हुँदा एउटा घर जल्यो, एक जना घाइते

8.9k Shares

रामेछाप – लिखु तामाकोशी गाउँपालिका–२ सैपु तिलौरीमा आगालागी हुँदा एउटा घर जलेको छ । हिजो बेलुका भएको आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ ।

आगो निभाउनेक्रममा घरधनी चन्द्रबहादुर पौडेल घाइते भएको वडाअध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

घाइते पौडेलको अवस्था खतरामुक्त रहेको मन्थली अस्पतालका डा. केशव धामीले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

सम्बन्धित समाचार