लहान, वैशाख २३ गते । हुलाकी मार्गमा पर्ने सिरहा र धनुषा जिल्लाको सीमाना रहेको कमला नदि तर्न बनाएको अस्थायी बाँसको पुल बाढीले बगाएपछि मङ्गलबार मङ्गलबारदेखि स्थानीयहरुलाई समस्या भएको छ ।
चारवर्ष पहिले कमलापुल उद्घाटन नहुँदै पूर्वी सिरहा तर्फको पाया भासिएपछि कात्तिकदेखि असारसम्म अस्थायी बाँसको पुल बनाएर सात महिना नदि तर्ने कार्य हुँदै आइरहेको छ ।
सोमबार राति भएको भारी वर्षाका कारण बनाएका अस्थायी बनासको पुल बगाएपछि नदि तर्न समस्या भएको हो । वर्षा लागेपछि मोटरसाइकल पूर्णरुपमा बन्द हुने गरेको समस्या झेल्दै आइरहेको सिरहा र धनुषाका स्थानीयहरुलाई यस वर्ष वैशाख महिनामा नै अस्थायी वाँसको पुल बगाएपछि झन् समस्या भएको सिरहा नगरपालिका –६ का वडाध्यक्ष इन्द्रजीत यादवले बताउनुभयो ।
बाँसको पुल वर्षातको समयमा कामयावी नहुने भएपछि स्थानीय किसानहरुलाई भासिएकै पुलमा बाँसको सिढी जोढेर आउजाउ गर्ने बाध्यता रहेको छ ।
मधेश प्रदेशको जीवनरेखा मानिएको हुलाकी सडक निर्माण भएपछि सिरहा सप्तरी र धनुषा जिललाका लागि अति सहज भएको खुसयाली छाएको थियो । पुला उद्घाटन नहुँदै भासिएपछि सारा खुसी निरासामा बदलिएको सिरहा नगरपालिका प्रमुद नविन कुमार यादवले बताउनुभयो । उहाँको अनुसार सिरहा –६ नम्बर वडाका अधिकांश किसानहरुको खेति कमलापारी धनुषामा परेकाले वर्षाको समयमा खेतिपाती गर्नें असहजता त छनै साथै आधा घण्टामा मधेश प्रदेशका राजधानी जनकपुर पुग्न तीन लाग्ने छ । पुल निर्माणका लागि मधेश प्रदेश सरकार र सङ्घीय सरकारलाई पटक पटक पत्राचार र भेटेरै जानकारी गराएपनि कुनै सुनवाइ भइरहेको छैन ।