सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

8.4k Shares

काठमाडौं । स्थानीय बजारमा सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

मंगलबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।  

सम्बन्धित समाचार