रञ्जिता‍‍ले भनिन्- रेशमजी छिट्टै छुट्नु हुन्छ

9.9k Shares

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशमलाल चौधरी छिट्टै रिहा हुने दावी गरेकी छन् । 

प्रहरीले पक्राउ गरेर डिल्ली बजार कारागारको जिम्मा लगाएपछि उनले चौधरी छिट्टै रिहा हुने दावी गरेकी हुन् ।

‘रेशमजी छुट्टै (छिट्टै) छुट्नु हुन्छ सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु । जय नागरिक,’ अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । चौधरीलाई बुधबार प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

सम्बन्धित समाचार