अवैध लागूऔषध गाँजा बरामद

7.5k Shares

मकवानपुर, १४ वैशाख । राक्सिराङ गाउँपालिका-५ घट्टेखोलाबाट अवैध लागूऔषध गाँजा करिब २२ किलो ४
सय ७० ग्राम आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ चैनपुरबाट मनहरीतर्फ जाँदै गरेको ना.६९ प ८५८५ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले मोटरसाइकल र २ वटा झोला छाडी फरार भएपश्चात झोला तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार