मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध जबरजस्ती करणीको उजुरी, पक्राउ गर्ने तयारी

7.5k Shares

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेशका प्रमुख बनेका राजेश झा ‘अहिराज’विरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी परेको छ । २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख बनेका झाविरुद्ध परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) ले जबरजस्ती करणी आरोपमा जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा ती युवतीको जाहेरी पुगेपछि अनुसन्धान थालिएको एसपी एवम् प्रवक्ता अपीलराज बोहोराले खबरहबलाई बताए । ‘हामीकहाँ जाहेरी आइसकेको छ । यसबारेमा अनुसन्धान अघि बढिसकेको छ’, उनले भने, ‘अनुसन्धान अघि बढेसँगै झाविरुद्ध पक्राउ पु्र्जी जारी गराउने प्रक्रिया पनि थालिसकेका छौँ ।’

झाले आफूलाई राष्ट्रवादी र मधेशवादी अभियन्ताका रुपमा चिनाउँछन् । उनीविरुद्ध उनकै घरमा बस्ने घटनाका समयमा नाबालिक भनिएकी पीडितले जबरजस्ती करणी आरोपमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गराउने प्रक्रिया प्रहरीले थालेको हो ।

बोहोराले यसबारेमा गम्भीर अनुसन्धान भइरहेको बताए । पीडित पक्षले गरेको दाबी पुष्टि हुने आधारहरू अनुसन्धानबाट भेटिने अवस्था भएमा झा तत्कालै पक्राउ पर्न सक्छन् ।

सम्बन्धित समाचार