वायु प्रदुषणका कारण आँखाका बिरामी बढ्दै

8.6k Shares

मकवानपुरगढी । मकवानपुरलगायत आसपासमा जिल्लाका जङ्गलमा लागेको डढेलोले वातावरण प्रदुषण हुँदा आँखाका बिरामीको सङ्ख्या बढिरहेका छन् । 

मकवानपुरमा चैत महिनादेखि लागेको डढेलोका कारण वातावरण दुषित हुँदा दिनहुँ जसाे नाक, आँखा, घाँटी र छालाका बिरामीहरू बढ्दै गएका छन् । वायु प्रदुषण बढेसँगै तुवालो लागेर मौसम प्रतिकुल देखिएको छ भने श्वासप्रश्वासमा समेत समस्या आएकोे छ । 

जसकारण हेटौँडाको नीजि तथा सामुदायिक अस्पतालमा बिरामीहरूको चाप बढेको चिकित्सहरूको भनाइ छ । मकवानपुरको सामुदायिक आँखा अस्पतालमा अन्य दिनहरूमा भन्दा ३० प्रतिशत आँखाका बिरामीहरू थपिएको अस्पतालका डाक्टर सुधीर श्रेष्ठले जनाकारी दिनुभयो । 

अहिले दैनिकीजसो चार सयको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गरेका छन् । जाँच गर्न आउने बिरामीहरूले दैनिक ५० वटा चस्मा खरिद गरेर लाने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

सम्बन्धित समाचार