सिंजाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना

8.6k Shares

सिंजा (जुम्ला) । सिंजा क्षेत्रको तिनवटा स्थानीय तहलाई लक्षित गरि मालपोत र नापी कार्यालय नरोकोटमा स्थापना गरिएको छ । कनकासुन्दरी, हिमा र सिंजा गाउँपालिकाका नागरिकलाई मालपोत र नापीको सेवा दिने गरि कार्यालय स्थापना गरिएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रबार एक समारोहकाबिच कार्यालय उद्घाटन गर्नुभएको हो । सिंजाको सहजतालाई छिटोछरितो सेवा प्रवाह गर्नको लागि कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । 

जग्गाको कारोबारको लागि नागरिकले दुख पाउनु पर्ने अवस्था अन्त्य हुने आशा गरेको उहाँले बताउनु भयो । मन्त्री अधिकारीले कोहि पनि नागरिक भूमिहिन हुनु पर्ने अवस्था सरकारले अन्त्य गर्न खोजेको बताउनुभयो । जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिंजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएकाले मालपोत र नापी कार्यालय सञ्चालन गरिएको हो । 

सिंजामा इलाका प्रशासन कार्यालय रहेकाले सिंजा गाउँपालिकाको नराकोटमा नै मालपोत र नापी कार्यालय स्थापना गर्न उपयुक्त भएको मालपोत र नापी कार्यालय स्थापना भएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताउनुभयो । विगतमा सिंजा क्षेत्रका बासिन्दाले मालपोत र नापीसम्बन्धी कामका लागि सदरमुकाम खलंगासम्म पुग्नुपर्ने बाध्यता थियो। कार्यालय स्थापना सँगै उक्त समस्या हल हुने भएको छ । 

सम्बन्धित समाचार