गुल्मीको राष्ट्रिय अनुसन्धान आफ्नै भवनमा

9.4k Shares

रेसुंगा । गुल्मीमा स्थापना भएदेखि बल्ल राष्ट्रिय अनुसन्धान कार्यालयले आफ्नै भवन पाएको छ । अहिलेसम्म जिल्ला प्रशासन कार्यालयका सिमित कोठाहरुबाट कार्यसम्पादन हुँदै आएको थियो । 

राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले नयाँ भवनको उद्घाटन गर्नुभयो । भवनको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय अनुसन्धान कार्यालयलाई २०७८ सालमा चार आना जग्गा प्राप्ती भएको थियो । 

सोहि जग्गामा भवन निर्माणको लागि २०८० जेठ २९ गते बोलपत्र आह्वान भएपछि पाँच निर्माण कम्पनीले प्रस्ताव राखेका थिए । जसमा जोग्मा एण्ड डिएण्डीले दुई करोड तीन लाख ५९ हजार ५२० रुपियाँमा भवन निर्माणको जिम्मा पाएको थियो । 

भवनको राष्ट्रिय अनुसन्धान कार्यालय लुम्बिनी प्रदेशका प्रमुख निर्देशक ओम बहादुर खड्काले भवनको शिलन्यास गर्नुभएको थियो । पहिले जग्गा नहुँदा कार्यालयको आफ्नो भवन थिएन । कार्यालय प्रमुखको आवास, गार्डरुमसहित १४ कोठे भवन निर्माण भएको कार्यालयका वरिष्ठ अनुसन्धान अधिकृत चर्तुवेदीले बताउनुभयो । कार्यक्रममा निर्माण व्यवसायीको भोज प्रसाद श्रेष्ठसहित सहजीकरण गर्ने संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार