काभ्रेपलाञ्चोक। कुनै बेला युवा राजनीतिमा सक्रिय रहेका बनेपा नगरपालिका-१० जनागालका मुक्ति विष्ट अहिले कृषि कर्ममा रमाइरहेका छन् । युवा राजनीतिमा निराशा छाएसँगै उनले कृषि कर्मलाई दैनिकी बनाएका छन् ।
दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै पनि केही गर्न सकिन्छ र गरौँ भन्ने उद्देश्यका साथ उनले स्ट्रबेरी खेती गरेपछि उनको दैनिकी फेरिएको हो ।
कोरोनाको समयमा नि:शुल्क गुर्जो वितरणका बेला हरेक ठाउँमा पुगे। धेरै जना बेरोजगार भएको बेलामा सञ्चालनमा ल्याइएको खेतीबाट सुरुवात का बेला केही घाटा व्यहोरेका उनी अहिले वार्षिक ३० लाख रुपैया आम्दानी गर्छन् ।
‘व्यवयायिक स्ट्रबेरी खेतीमा रत्तिभर विचलित नभई लाग्यो भने व्यवसायको दायरा बढ्दै जाने र मुनाफा पनि बढ्दै जाने रहेछ,’ विष्टले भने, ‘सुरुमा थाहा पनि थिएन, न खेतीबारेमा जानकार नै थिए, अरूले रोपेको देखेर र भनेको सुनेकै भरमा आफैले रोप्ने सीप सिकेर व्यवसाय थालको हुँ।’
सुरूवातका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोरेका उनलाई अहिले आर्थिक समस्या छैन। अहिले विष्टले काभ्रेको बनेपामा र नुवाकोटको ककनीमा समेत गरेर २० रोपनी क्षेत्रफलमा स्ट्रबेरीखेती गरेका छन् । उनले अर्को २० रोपनी जग्गा थपेर ‘इको टुरिजम’ को रुपमा विस्तार गर्ने गर्ने योजना बनाएका छन् । उनले यसवर्ष ५० हजार विरुवा वाट ५० हजारै केजी उत्पादन गर्ने लक्ष्यका साथ बनेपामा खेती भएको छ।
उनले ककनीमा समेत स्ट्रबेरी खेती गरेका छन् । गत वर्षभन्दा विरुवा नै बढी रोपेकोले यो वर्ष बढी आम्दानी हुने उनको दाबी छ। उनले उत्पादन गरेको स्ट्रबेरी स्थानीय बजारमानै खपत हुन्छ। केही बढी भयो भने उपत्याका सम्म पठाउने गरेको उनको भनाइ छ । काभ्रेजिल्लामा मात्र ५ सय प्याकेट स्ट्रबेरी खपत हुने गरेको छ।
‘स्ट्रबेरीको लागि बजारको समस्या छैन, उत्पादन गरेको स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपा, धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ उपत्यका सँगै पोखरासम्म जाने गरेको छ।, विष्टले भने–‘व्यवसाय विस्तार सँगै देशका प्रमुख सहरमा मेरा उत्पादन पुर्याउने लक्ष्य लिएको छु।’
अहिले विष्टले काभ्रेको बनेपामा र नुवाकोटको ककनीमा समेत गरेर २० रोपनी क्षेत्रफलमा स्ट्रबेरीखेती गरेका छन् । स्ट्रबेरी खेती गरेको थाहा पाएपछि बनेपा आसपासका स्थानीयहरूले घरमै स्ट्रेबेरी किन्न आउने गरेको उनको भनाइ छ।
प्रतिबिरूवा २५ देखि ३० रुपैया सम्ममा बिक्री हुने गरेको उनको भनाइछ । साथै चितवन, नवलपरासी र बारामा स्ट्रबेरीखेतीका लागि अध्ययन भइरहेको उनले जानकारी दिए । स्ट्रेबरीखेतीका लागि मात्र ३० लाख लगानी गरेका उनले यो बर्ष सोहि हाराहारीमा आम्दानी गर्ने लक्ष लिएका छन् । उनले स्ट्रेबरी मात्र लगाएका छैनन् मौसमअनुसारका अन्य तरकारी तथा विभिन्न जातका कुखुरा, गाई तथा बाख्रा पालनसमेत गरेका छन् ।
व्यवसायका लागि सरकारले दिने सहुलियत ऋणका लागि प्रयास गरिरहेको भएपनि अहिले सम्म नपाएको गुनासो गरे। लगानी थप्न पाए स्ट्रबेरी खेतीबाट वाइन र जुस कम्पनी खोलेर उद्योगका रूपमा विकसित गर्ने लक्ष्य राखेका विष्टले अमर भू-मण्डलीय बहुउद्देशीय कृषि फार्म दर्ता गरी काम अगडी बढाएका छन्।