मध्यपश्चिम विश्वविद्यालयको स्ववियु अध्यक्षमा नेविसङ्घका विवेक खड्काको प्यानल विजयी

8.1k Shares

काठमाण्डौ – मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्गठनको प्यानल नै विजयी भएको छ ।

अध्यक्षमा नेविसङ्घका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो । अस्ति सोमवार भएको मतदानबाट नेकपा (एमाले) निकट अनेरास्ववियुका जगतजङ्ग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

२०७३ भदौ ८ मा भएको पहिलो स्ववियु चुनावबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन थियो ।

सम्बन्धित समाचार