काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशिने नाममा गलत बाटो रोज्नु राम्रो नहुने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा उनले नेकपा एमालेकी सांसद भगवती चौधरीको प्रश्नको जवाफ दिने क्रमा यस्तो बताएका हुन् ।
‘ठूलो संख्यमा बाहिर जाने भन्ने प्रश्न छ, खेत छ उत्पादन गर्न छाडेर बाहिर जानु, तल्लो बाटो भएर अमेरिका जानु र निष्कासित भएर आउनु उचित होइन’, उनले भने, ‘चेतनाको कमी छ, चेतना वृद्धि गर्न जरुरी छ । केही पनि भएन भन्ने भाष्य बनाउन खोजिएको छ, त्यसले कलिलो मस्तिष्कमा निराशा भाव फैलिएको छ ।’
ओलीले अहिले संसार ‘ग्लोबल भिलेज’ बनेको बताउँदै व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो रुचिअनुसार विदेश जाने सिलसिला विश्वव्यापी रुपमा देखिएको बताए ।