प्रधानन्यायाधीशसँग वार्ता गर्न आन्दोलनरत न्यायाधीशहरूले बनाए तीन सदस्यीय टोली

15.4k Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्न आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूले  तीन सदस्यीय टोली गठन गरेका छन् । 

न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको वार्ता समिति गठन गरिएको हो । सर्वोच्चका न्यायाधीशहरूबीचको छलफलपछि गठित वार्ता टोली प्रधानन्यायाधीशसँगको वार्ताका लागि उनको च्याम्बरमा पुगेको छ ।'वार्ताका लागि जाँदैछौं । वार्तापछि हामी फेरि सामूहिक छलफल गर्छौं', समितिमा रहेका एक न्यायाधीशले भने ।

अघिल्लो आइतबारदेखि न्यायाधीशहरूले इजलास बहिष्कार गरेर प्रधानन्यायाधीश राणामाथि राजीनामाको दबाब बढाएका छन् । 

सम्बन्धित समाचार