जनमतको बैठक जारी, पहिचानवादी पार्टीसँग एकताबारे छलफल हुने

8.3k Shares

काठमाडौं– जनमत पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठक आइतबार र सोमबार बस्ने पार्टी प्रवक्ता शरदसिंह यादवको भनाइ छ । 

बैठक महोत्तरीको  बर्दिबासमा सुरु भएको प्रवक्ता यादवको भनाइ छ । यादवका अनुसार संगठनको सबलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र लाई संस्थागत र संघियता कार्यान्वयनका बारेमा छलफल हुने छ । 

यस्तै समसामयिक राजनीतिक परिवेश र समान विचारधारा भएका पहिचानवादी पार्टीहरूसँग एकीकरणका विषयमा पनि छलफल हुने बताइएको छ । 

पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एकीकरणको चर्चा चलेको छ । तर यसबारे दुवै पार्टीले यकिन धारणा बनाएका छैनन् ।

सम्बन्धित समाचार