उपेन्द्रले भने- सुकुम्वासीको नाममा जग्गा हडपेर बेच्न भूमिसम्बन्धी अध्यादेश ल्याइयो

11k Shares

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सुकुम्वासीको नाममा राज्यको जग्गा हडेपेर बिक्री–वितरणका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको दाबी गरेका छन् । 

पार्टीनिकट बौद्धिक पेशाकर्मी महासंघले शुक्रबार आयोजना गरेको ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन् । 

‘सुकुम्वासीको नाममा भूमाफिया, बिचौलियाहरू, रियल स्टेटहरूले सुकुम्वासीको नाममा राज्यको महत्त्वपूर्ण जग्गा हडप्ने र त्यसलाई बिक्री वितरण गर्ने अनि बसोबास गराउने यो धन्दा भएको मलाई लागेको छ,’ यादवले भने । 

उनले भूमिसम्बन्धी अध्यादेश ल्याएर मुलुकलाई मरूभूमिकरण गर्न खोजिएकोसमेत टिप्पणी गरे । ‘देशलाई मरूभूमिकरण गर्ने कानुन ल्याउने काम गरियो,’ यादवले भने, ‘यो अध्यादेश हिमालको हितमा पनि छैन, पहाडको हितमा पनि छैन र मधेसको हितमा पनि छैन । देशकै हितमा छैन ।’ 

अध्यक्ष यादवले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आग्रह गर्दै सांसद खरिद गरेर संसदबाट पास गराउन खोजे जनतामाझ जाने पनि बताए । 

सम्बन्धित समाचार