केपी ओली कप : पहिलाे सेमिफाइनलमा सङ्कटा र आर्मी खेल्दै

9.3k Shares

काठमाण्डौ – केपी ओली कप फुटबलकाे पहिलाे सेमिफाइनलमा आज सङ्कटा एफसी र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । याे खेल बेलुका ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा भाेलि आयाेजक केपी ओली एफसी र मच्छिन्द्र एफसी खेल्नेछन् । यसअघि क्वाटरफाइनलसम्मका खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएका थिए । सेमिफाइनल र फाइनल खेल भने दशरथ रङ्गशालामा हुन लागेको हो ।

प्रतियोगिताको फाइनल खेल यही फागुन १९ गते हुनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

यसैबीच विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन पर्सि आइतवार नेपाल आइपुग्ने भएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।

सम्बन्धित समाचार