नेपाली कांग्रेस लोकप्रिय युवानेता महासमिति सदस्य तथा केन्द्रिय खेलकुद बिभाग सचिब मीनकृष्ण महर्जनले आफु १४ औ महाअधिबेशनमा नेता तथा कार्यकर्ताहरुको चाहना अनुसार नै जिल्ला सभापतिको उम्मेदवार दिने बताएका छन् ।
झण्डै असी प्रतिशत युवाहरु क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका छन् । त्यहि युवाहरुको आग्रह अनुसार नै मैले जिल्ला सभापतिमा उम्मेदवार दिने उद्घोष गरेको महर्जनले खोजतलासलाई बताए ।
मेरो उद्देश्य भनेको अग्रजलाई सम्मान युवाहरुलाई प्रोत्साहन दिने हो । जिल्लाको नेतृत्व सम्हालेर केहि महिनामा हुन लागेको स्थानीय निर्बाचनमा ३ वटै नगरपालिका र ३ वटै गाउँपालिकामा नेपाली कांग्रेस उम्मेदवार बिजय गराउने, ६ वटै प्रदेश सभा निर्बाचनमा प्रदेश सांसद बिजय गराउने र ३ वटै प्रतिनिधिसभा निर्बाचनमा बिजय गराउने लक्ष्य रहेको महर्जन बताउँछन् । कार्यकर्ता संरक्षण गर्न निकै माहिर मानिने नेता महर्जनको जुन लक्ष्य छ त्यो मीनकृष्ण दाई जिल्ला सभापति भयो भने त्यो लक्ष्य अबश्य पुरा हुने गोदावरी नगरपालिका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष उदयमान युवानेता मिलान सिल्वाल बताउँछन् । त्यस्तै नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ सचिब मथुरा शर्माले बिगत पार्टीको जुनसुकै तह र तप्कामा रहेर जसरी संगठन बिस्तारमा मीनकृष्ण महर्जनको अतुलनीय योगदान छ, त्यो अबिस्मरणीय रहेको शर्मा बताउछन् । यदि युवाहरुमाझ निकै लोकप्रिय नेताको रुपमा रहेका मीनकृष्ण महर्जनलाई जिल्ला सभापति बनाउन सकिएन भने कार्यकर्ताहरु बिचलित हुने अध्यक्ष शर्मा बताउँछन् । त्यसैले कार्यकर्ताहरुको मनोबल उच्च पार्न, युवाहरुलाई पार्टीमा कृयासिल बनाउनको लागि पनि ललितपुर जिल्ला कांग्रेसमय बनाउनको निम्ति पनि मीनकृष्ण महर्जन जिल्ला सभापति बन्नुपर्ने शर्माको भनाई रहेको छ ।
ललितपुर जिल्लाभरी ७१ वडा रहेको छ । ति सबै वडामा वडा अधिबेशन सम्पन्न भई सकेको छ । त्यस्तै ३ वटा गाउँपालिका एउटा महानगरपालिका २ वटा नगरपालिकामा अधिबेशन सम्पन्न भई सकेको छ । प्रदेश क्षेत्र र जिल्ला अधिबेशन हुन बाँकी नै छ । त्यो अधिबेशन कहिले हुने मिति भने तोकेको छैन । यतिखेर जिल्ला सभापति आकांक्षी मध्ये नेता मीनकृष्ण महर्जन बलियो उम्मेदवारको रुपमा रहेको क्षेत्रीय प्रतिनिधिहरुको बुझाई रहेको छ । ललितपुरमा कुल लगभग १४ सय क्षेत्रीय प्रतिनिधिहरु छन् । ति मध्ये क्षेत्र नम्बर १ मा ६०७ जना क्षेत्रीय प्रतिनिधि छन् । निर्णायक मत नै क्षेत्र नम्वर १ भएको कारण नेता महर्जनलाई जिल्ला सभापति जित्न सहज रहेको देखिन्छ । महर्जन क्षेत्र नम्वर १ का शक्तिशाली नेता मानिन्छ । कार्यकर्ताहरुलाई जस्तोसुकै अप्ठ्यारो पर्दा तिनै नेता महर्जनलाई सम्झिने गर्छन् । महर्जन सामाजिक कार्यमा पनि अब्बल मानिन्छन् । २०७२ सालको महामारी भुकुम्पमा पनि ललितपुर क्षेत्र नम्बर १ को प्रत्यक गाउँ—गाउँमा पुगि भुकम्प पीडितहरुलाई राहत बितरण गरी पीडीतहरुको घाउमा मल्हम लगाउने काम गरेका थिए ।
कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्नेहरुलाई भोकभोकैबाट जोगाउन लगनखेलनमा २ महिनासम्म दिनको १ सयभन्दा बढि दिनदुखी गरिब असाहय बिपन्न परिवारहरुलाई बिहान बेलुकी खाना खुवाएका थिए ।
त्यस्तै महर्जन कै समन्वयमा चापागाउँमा हुनेले दिएर जाऔ नहुनेले लिएर जाउँ भन्ने नारा सहित १ महिनासम्म फुड बैंक संचालनमा ल्याएका थिए । यस्ता समाजसेवी कार्य त महर्जनको एउटा सानो उदाहरण मात्र हो । जनताको समस्या आफ्नो समस्या सम्झी जस्तोसुकै आपतविपतको बेला घरघरमा भई आफूले सकेको सहयोग गर्दै आइरहेका कारण पनि महर्जनलाई जिल्ला सभापतिको रुपमा निर्वाचित गराएर न्याय दिने सोचमा युवाहरु अगाडि बढिरहेको ललितपुर क्षेत्र नं. २ का तरुण नेता विनोद महर्जनले बताएका छन् ।