ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्को निवासी करातेतर्फ १३ औं साग गेममा स्वर्ण पदक ल्याउन सफल विप्लव लाल श्रेष्ठ राष्ट्रले खेलेरै जिविकोपार्जन गर्नसक्ने वातावरण बनाई दिएको खण्डमा आफू जीवनभर खेल क्षेत्रमै लाग्ने सोच रहेको बताउँछन् ।
नेपाल बाहेक अन्य मुलुकमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई लक्षित गरी खेलाडीहरुलाई प्रशिक्षण, अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागिता गराउने, खेलाडीलाई प्रतियोगितामा सहभागिता हुनका लागि अनुभवदेखि लिएर सेवा सुविधाहरु दिने गरिन्छ, तर नेपालमा १३ औं साग गेममा स्वर्ण पदक ल्याएका खेलाडीहरुलाई अहिलेसम्म सागभन्दा माथि एसियन, ओलम्पिक गेमसम्म खेल्न जाने वातावरण नबनाएको गुनासो पोख्छन् श्रेष्ठ ।