माओवादीको तराई–मधेश अभियान टोली मोरङमा

8k Shares

मोरङ– नेकपा माओवादी केन्द्रले हिजो झापाको कचनकवलबाट सुरु गरेको जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत केन्द्रीय टोली आज मोरङ पुगेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका– ६ नर्सरीडाँडास्थित शहीद लक्ष्मी फुँयालको घरमा पुगेर शहीद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।

सम्बन्धित समाचार