काठमाडौं – नायक उत्तम प्रधानको कमब्याक फिल्म ‘कल्ली’का छायाङ्कन सुरु भएको छ । बौद्धस्थित एक घरबाट आइतबारदेखि यस फिल्मको छायाङ्कन सुरु भएको हो । छायाङ्कनको पहिलो दिन उत्तमसहित नायक नाजिर हुुसेन र वर्षा राउतको अंशको दृश्य खिचिएको छ ।
१३ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्न लागेका उत्तम छायाङ्कनलाई लिएर उत्साहित छन् । आफूले विगतमा निर्वाह गरेकोभन्दा फरक भूमिकाका लागि प्रस्ताव आएकाले यस फिल्ममा जोडिएको खुलाए ।
उनले थपे, ‘मलाई यो बीचमा धेरै फिल्मबाट प्रस्ताव आएका थिएँ । आफ्नो भूमिका चित्त नबुझेका कारण गरिनँ । यो फिल्मको कथावस्तु मलाई निकै मनप¥यो । यसमा मैले पहिला गरेको भन्दा फरक भूमिका निर्वाह गर्दैछु ।’
छायाङ्कनस्थलमा भेटिएका नाजिर र वर्षाले आफूहरु श्रीमान्–श्रीमतिको भूमिकामा रहेको खुलाए । सुटिङ सेटमा भेटिएका नायक नाजिर हुसेन र नायिका वर्षा राउतले आफूहरू श्रीमान्–श्रीमतीको भूमिकामा देखिन लागेको बताए ।