आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

11k Shares

काठमाडौं– आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा देशका विभिन्न भागबाट १३ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–३२ मजुवा, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ यात्रुगेट, बुढानीलकण्ठ नगरपालिका–१ तौलुङ र रूपन्देही, सैनामैना नगरपालिका–१ रानिबगिया चोकबाट गाँजासहित सात जनालाई शनिबार पक्राउ गरिएको हो । 

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१, टीकापुर नगरपालिका–७ बनगाउँ, सुनसरीको धरान उपमहानगरपालिका–१७ सिमी चोकबाट पाँच जनालाई खेरो हेरोइन तथा चिकित्सकको पूर्जीबिना विविध ठूलो परिमाणमा औषधिसहित पक्राउ गरिएको छ । 

साथै कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखाका  ५९ वर्षीय मनबहादुर विकलाई दुई थान भरुवा बन्दुक र बारूदसहित नियन्त्रणमा लिइएको छ । अभियुक्त सबैलाई कानुनी कारबाहीका निम्ति सम्बन्धित निकायमा पठाइएको जनाइएको छ । 

सम्बन्धित समाचार