दाङ । लुम्बिनी प्रदेश सरकारको 'मेरो विद्यालय, मेरो दायित्व' कार्यक्रम सुरु नहुँदै दाङको एक विद्याललय अस्विकार गरेको छ । दाङ घोराही उपमहानगरपालिका-१२ स्थित हापुर मावि रतनपुर दाङलाई छनौट गरेको भएपनि विद्यालयले उक्त कार्यक्रम अर्थहिन भएको भन्दै कार्यक्रम गर्न नसकिने जनाएकाे हाे ।
लुम्बिनी प्रदेश सरकारको 'मेरो विद्यालय, मेरो दायित्व कार्यक्रम' अर्थहिन र प्रभावकारी नभएकोले आफुहरुले उक्त कार्यक्रम अस्विकार गरेको हापुर मावि विद्यालय व्यवस्थापन समितिका अधयक्ष सुरेश गौतमले जानकारी दिनुभयो । उहाँले उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिको बसेको बैठकले उक्त कार्यक्रमलाई अस्विकार गर्दै आफूहरुले सामाजिक विकास डिभिजन कार्यालय, घोराही उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधिलाई बोधार्थ गदै उक्त कार्यक्रम फिर्ता गरिएको जानकारी गरएको अध्यक्ष गौतमले बताउनुभयो ।