एक र दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले साटिदिने

10.4k Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकलले एक र दुई रुपैयाँको सिक्का साटिदिने भएको छ । 

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले एक र दुई रुपैयाँको सिक्का हुनेले साट्न सक्ने बताएको छ । 

सिक्का साट्न जाँदा कम्पनीमा १०० रुपैयाँ बराबरको हुनुपर्ने विभागको भनाई छ । २० हजार रुपैयाँ भन्दा बढीको सिक्का भएमा सम्पर्क गरेर पनि सिक्का साट्न सकिने राष्ट्र बैंकले सूचनामा भनेको छ । 

सिक्का सफा र डिजाइन प्रस्ट देखिने हुनुपर्ने विभाले जनाएको छ । मेटिएको, कोरिएको, विकृत सिक्का नसाट्न सक्ने राष्ट्र बैंकको भनाइ छ ।

kendreya-bank.jpg

सम्बन्धित समाचार