लमजुङ । विपदपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धार कार्यमा खोज तथा उद्धारकर्मीहरूले प्रमुख भूमिका र साहस प्रदर्शन गर्दै आइराखेका छन् । राष्ट्रको विपद् प्रतिकार्यलाई चुस्त, दुरुस्त र समय सापेक्ष बनाउन राष्ट्रिय खोज तथा उद्धार प्रणालीको आधुनिकीकरण गर्न भने बाँकी नै छ ।
यसै सन्दर्भमा लमजुङ प्रहरीले समुदायस्तरमा खोज तथा उद्धार र विपदसम्बन्धी नमुना अभ्यास गरेको छ । तीन दिन लगाएर दोर्दी गाउँपालिका–४ नौथर सेरामा नमूना अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीबास्तवले जानकारी दिनुभयो । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङका गुल्म प्रमुख प्रहरी निरीक्षक रामकृष्ण प्रसाद पाठकको कमान्डमा आएको सात जनाको टोलीले नमूना अभ्यास गरेको उहाँले बताउनुभयो ।