गाडीको जस्तै पोखरामा अब डुंगा चालकको पनि मापसे जाँच

8.7k Shares

पोखरा – गाडी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको परीक्षण गरेको त तपाईं हामी सबैले देखेकै हो। कताकति लागूपदार्थ सेवन (लापसे) परीक्षण हुने गरेको पनि सुनेकै हो।

पोखरामा भने डुंगा चालकको पनि मापसे र लापसे परीक्षण हुन्छ। देश विदेशबाट आउने पर्यटक र स्थानीय यात्रुको सुरक्षाका लागि यसो गरिएको हो। यसै क्रममा फेवातालमा डुंगा चालकले मापसे र लापसे गरे नगरेको थाहा पाउन जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार यस्तो परीक्षण गरेको छ।

डुगा चालकले ती दुबै पदार्थको सेवन गरेर डुंगा चलाउदा हुन सक्ने सम्भावित घटनालाई रोक्न कार्यक्रम गरेको प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

वडा प्रहरी कार्यालय बैदाम, सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र सामुदायिक सेवा केन्द्र बैदामसँगको समन्वयमा लेकसाइडको बाराहीघाट र फिस्टेल गेटमा डुंगा चालकसँग अन्तरक्रियाका साथै मापसे परीक्षण गरिएको हो। प्रहरी उपरीक्षक ओलियाले २४ जना डुंगा चालकको परीक्षण गर्दा १ जनाले मापसे गरेको पाइएको बताए।

सम्बन्धित समाचार