पूर्वपश्चिम लोकमार्ग स्तरोन्नति : तीन दर्जन पुल बन्ने

7.9k Shares

बर्दिबास । पूर्वपश्चिम राजमार्गको कमला–ढल्केवर–पथलैया सडक आयोजना पूर्वी खण्डमा नयाँ पुल निर्माण सुरु गरिएको छ । स्तरोन्नतिको चरणमा प्रवेश गरेको धनुषाको कमलादेखि सर्लाहीको बागमतीसम्म ७४.७५ किलो मिटर पूर्वी खण्डमा ३४ वटा नयाँ पुल थपिने भएको हो । 

यसमध्ये बर्दीबासको रातु र बडहरी खोलामा नयाँ पुल निर्माण सुरु भइसकेकोे छ । अन्य खोलामा पनि सम्वद्ध ठेकेदारहरुले सुरसार गरेको जनाएका छन् । गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) का आयोजना प्रमुख छविलाल पौडेलका अनुसार पूर्वी खण्डमा रहेका पुराना पुलको समानान्तर नयाँ पुल बनाउन लागिएको हो । 

यो खण्डमा हाल ४१ पुल संचालनमा छन् । यीमध्ये ७ ठाँउमा साना पुल रहेको र कतिपय ठाउका खोलाले हैसियत पनि गुमाई सकेको हुँदा साना पुलको साटो बक्स कल्भर्ट बनाउन लागिएको हो । त्यसतै पूर्वी खण्डमा रहेका १४ वटा पुराना कजवेलाई पनि बक्स कलर्भटमा परिणत गरिने उहाँले बताउनुभयो । यसवाहेक कमला र बागमती खोलामा सिग्नेचर पुल निमार्णको योजना भए पनि यी दुवै पुलको ठेक्का भने लागि नसकेको गौरीडाँडास्थित कमला–ढल्केवर–पथलैया सडक आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।

सम्बन्धित समाचार