हैदाराबाद– नाग अश्विनको निर्देशनमा बनेको ‘कल्कि २८९८ एडी’ ले गत वर्ष बक्स अफिसमा धूम मच्चाएको थियो । प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनजस्ता स्टारहरू अभिनीत यो फिल्मले विश्वव्यापी रूपमा १०४२.२५ करोड रुपैयाँ संकलन गरेको थियो । अहिले फेरी नाग अश्विनले आफ्नो अर्को फिल्मको तयारी गर्न थालेका छन् र यसका लागि आलिया भट्टसँग कुराकानी भइरहेको जनाइएको छ ।
आलिया भट्ट अहिले सञ्जय लीला भन्सालीको फिल्म ‘लभ एन्ड वार’ को सुटिङमा व्यस्त छिन् । यो फिल्ममा उनी रणवीर कपुर र विक्की कौशलसँग काम गरिरहेकी छिन । यसको छायाङ्कन अक्टोबर २०२५ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तर, पिंकभिलाको रिपोर्ट अनुसार यदि सबै ठीक भयो भने आलियाले राष्ट्रिय पुरस्कार विजेता निर्देशक नाग अश्विनसँग अब चाँडै काम गर्ने छिन् । आलिया केही समयदेखि एउटा स्क्रिप्टको खोजीमा छिन्, जुन ‘लभ एन्ड वार’ पछि उनको अर्को फिल्म बन्न सक्छ ।