अशक्तलाई घरमै पुगेर नागरिकता

8.2k Shares

सुलीकोट । जिल्ला प्रशासन कार्यालय गोरखाले अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । गोरखा नगरपालिका–६ पाटेचौर निवासी ज्येष्ठ नागरिक तथा अशक्त ८२ वर्षिय लीलामायाँ श्रेष्ठ हिँडडुल गर्न नसक्ने अवस्थामा भएकाले जिल्ला प्रशासन कार्यालय र वडा कार्यलायको टोली घरमै गएर नागरिकता प्रदान गरिएको गोरखाको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो ।

"वडाले पहिलो पटक अशक्त नागरिकलाई घरमा पुगेर नागरिकता उपलब्ध गराउने काममा लागेको छ",  वडा अध्यक्ष दिलीप जोशीले भन्नुभयो, “वडाभित्र रहेका अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको लागि वडा कार्यालयबाट निर्णय गरी घरमै पुगेर वडाबाट सेवा दिइने भएको छ ।” 

वडा कार्यालयको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय गोरखालाई अपाङ्ग र अशक्तको लागि तथा ज्येष्ठ नागकिरहरुलाई लाइन बसेर झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै नागरिकता लगाएत जिल्ला प्रशासन कार्यालयबाट हुने कामहरुलाई घरमै पुगेर वितरण गर्न जिल्ला प्रशासन कार्यालय गोरखालाई आग्रह भएबमोजिम नागरिकता प्रदान भएको वडा अध्यक्ष जोशीले बताउनुभयो । 

सम्बन्धित समाचार