संस्थागत क्षमता स्वमूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम

8.2k Shares

दाङ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले प्रकाशन गरेको आर्थिक वर्ष २०८०/०८१ मा दाङको १० स्थानिय तहमा राप्ती गाउँपालिका प्रथम भएको छ ।

यस्तै, गढवा गाउँपालिका दोस्रो र बंगलाचुली गाउँपालिका तेस्रो भएको हो । राप्ती गाउँपालिका शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १६, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वधारमा १२.५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ र सहकार्य र समन्वयमा ६ गरी कूल ९७.५ प्रतिशत अङ्क पाएको हो ।

सम्बन्धित समाचार