महायज्ञमा साढे चार करोडभन्दा बढी सङ्कलन

8.9k Shares

धनगढी । मानवसेवा आश्रम धनगढी शाखाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा साढे चार करोडभन्दा बढी रुपियाँ सङ्कलन भएको छ । 

सरकारी निकाय, जनप्रतिनिधि, निजी क्षेत्र, विभिन्न व्यक्तिबाट आश्रमलाई सो रकम प्राप्त भएको हो । मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणका लागि श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो । महायज्ञमा चार करोड ८३ लाख रुपियाँ दान सङ्कलन भएको आश्रमले जानकारी दिएको छ । 

सम्बन्धित समाचार