8.8k
Shares
लेखनाथ । पोखरामा ट्याक्सी चढ्दा हरेक यात्रुले लग बुक भर्नुपर्ने भएको छ । यात्रु र सवारी चालकको व्यक्तिगत सुरक्षा तथा आपराधिक क्रियाकलाप रोकथाम नियन्त्रणका लागि बिहीबारदेखि कार्यक्रम सुरुवात गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षित तथा अभिलेख युक्त यात्रा विवरण (ट्याक्सी यात्रु लग बुक) कार्यक्रम थालिएको हो । वडा प्रहरी कार्यालय बैदामको पहलमा प्रत्येक ट्याक्सीमा लक बुक राख्न थालिएको हो । पोखरेली ट्याक्सी सेवा प्रालि नयाँबजार र ए वान ग्रेटर यातायात प्रालि पोखराको सहकार्यमा कार्यक्रम अगाडि बढाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।