इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द

8.1k Shares

विश्व – इरानले तेहरान र उसका ३१ मध्ये २० भन्दा बढी प्रान्तका विद्यालय र सरकारी कार्यालयहरू बुधबार देखि बन्द गरेको छ। विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डार इरानमा विद्युत् भने  आवश्यकता अनुसार उत्पादित छैन अर्थात् यहाँ विद्युत् अभावको अवस्था रहेको छ । 

विशेष गरी, जाडोमा जब तातो माग बढ्छ इरानले आफ्नो पावर प्लान्टहरूलाई पर्याप्त इन्धन आपूर्ति गर्न सङ्घर्ष गरिरहेको छ ।

‘अत्यधिक चिसो, हिमपात र ऊर्जा खपतमा कटौती गर्नुपर्ने आवश्यकताका कारण धेरै प्रान्तमा सरकारी कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्,’ इरानको मेहर समाचार संस्थाले जनाएको छ।

तेहरान, अल्बोर्ज, फार्स, हमादान, इस्फाहान, कुर्दिस्तान र याज्द सहित २० भन्दा बढी अन्य प्रान्तहरू बन्दले प्रभावित भएका छन्। मंगलबार राति तेहरानका विभिन्न जिल्लामा विद्युत् आपूर्ति बन्द भएको सरकारी टेलिभिजनले जनाएको छ ।

सम्बन्धित समाचार