‌ओलीबारे प्रचण्ड- आफैँले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन गए

8.4k Shares

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिको तथ्यांकमा नभएर मिथ्यांक र आत्मरतिमा रमाइरहेको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बिहीबार बसेको दोस्रो बैठक सम्बोधन गर्दै प्रचण्डले आत्मरतिमा आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरे । 

‘प्रधानमन्त्रीका रूपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा । तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ,’ उनले भने । 

पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–पाल्पा सडकखण्डमा भएका दुर्घटनाबारे सदनमा दिएको अभिव्यक्तिबारे पनि अध्यक्ष प्रचण्डले खण्डन गरे । 

सम्बन्धित समाचार