धरान । किराँतहरुको नयाँ वर्ष यले दोङ ५०८५ (यलम्वर संवत) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
किराँतीहरुले माघ १ मा यलम्वर संवतको रुपमा नयाँ वर्ष मान्दै आइरहेको छ । सोही अवसरमा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा धरान भानुचौकमा नया वर्षलाई भव्य रुपमा मनाउने क्रममा एक दिने बास्केटबल प्रतियोगिता आयोजना हुन लागेको किँरात राई यायोक्खा सुनसरीको अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताले पुरुषतर्फ नगद तिस हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उपविजेताले नगद रु. १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसैगरि महिला तर्फका विजेताले नगद २० हजार, र उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।