ग्रामीण सडक कालोपत्रे गरिँदै

8.9k Shares

रुकुमपूर्व । रुकुमपूर्वको भुमे गाउँपालिका–३ स्थित जितखोला–सीमा–झुम्लावाङ ग्रामीण सडक कालोपत्रेको काम सुरु गरिएको छ । यस गाउँपालिकाको ग्रामीण सडकमा यो सडकखण्ड पहिलो पटक कालोपत्रे हुन लागेको हो । मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक कालोपत्रे गरिएको छैन । 

भुमे गाउँपालिकामै पहिलो पटक ग्रामीण सडक कालोपत्रेको काम सुरु हुँदा स्थानीयले खुसी व्यक्त गरेका छन् । जितखोला–सीमा–झुम्लावाङ–राङ्सी ग्रामीण सडकखण्डको यस पटक जितखोला–सीमा–झुम्लावाङ खण्डको छ किलोमिटर सडक कालोपत्रे हुन लागेको भुमे–३ का वडाध्यक्ष पर्शुराम बुढामगरले जानकारी दिनुभयो । स्थानीय पूर्वाधार विभाग, ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) को आयोजना र एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा उक्त सडक कालोपत्रे हुने भएको वडाध्यक्ष बुढामगरले बताउनुभयो । दुई महिनाअघिदेखि कालोपत्रेका लागि सडक चौडा गर्ने र ग्याबिन वाल लगाउने काम भइरहेको उहाँले बताउनुभयो । 

सम्बन्धित समाचार