9.5k
Shares
भक्तपुर- सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण बिकास निर्माणमा ढिलाई हुन गएको बताएका छन् ।
रफत सञ्चार क्लबको १५ औँ वाषिकोत्सवका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले राजनीतिक अस्थिरताका कारण विकास आयोजनाहरू सम्पन्न हुन वर्षौँसम्म लाग्ने देखिएको बताए ।
आयोजना निर्माणमा भएको ढिलाइका कारण वर्तमान सरकार गठनको ६ महिनासम्म देखिने गरी एउटा पनि काम हुन नसकेको उनले स्वीकारेका छन् ।
आफूले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई दोष दिने कुरा उचित नभएको जिकिर पनि उनले गरेका छन् ।