पोखरा गोल्डकपमा एपीएफ र मच्छिन्द्र खेल्दै

10.6k Shares

काठमाण्डौ – पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज एपीएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबले खेल्दैछन् । याे खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।

आयोजक सहारा क्लब यसपटक पहिलो खेलबाटै बाहिरिएको छ । हिजो भएको उद्घाटन खेलमा सहारा नेपाल पुलिस क्लबसँग १–० गाेलले पराजित भयो ।

नकआउटका आधारमा चलिरहेको प्रतियोगितामा यस पटक ३ विदेशीसहित १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

सम्बन्धित समाचार