काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ०२ पैसा र बिक्रीदर १३९ रुपियाँ ६२ पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो।
युरोपियन युरो एकको खरिदर १४३ रुपियाँ ५२ पैसा र बिक्रीदर १४४ रुपियाँ १४ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रुपियाँ ६० पैसा र बिक्रीदर १७३ रुपियाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपियाँ ९५ पैसा र बिक्रीदर १५३ रुपियाँ ६१ पैसा कायम गरिएको छ। युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरमा उल्लेख छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ३२ पैसा र बिक्रीदर ८६ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ३६ पैसा र बिक्रीदर ९६ रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपियाँ ४९ पैसा र बिक्रीदर १०२ रुपियाँ ९३ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ९६ पैसा र बिक्रीदर आठ रुपियाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०६ पैसा र बिक्रीदर ३७ रुपियाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ १३ पैसा र बिक्रीदर ३८ रुपियाँ ३० पैसा कायम भएको छ।