जाजरकोटमा टिप्पर दुर्घटना एकको मृत्यु, दुईजना घाइते

8.8k Shares

सुर्खेत- जाजरकोटमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । यो दुर्घटनामा दुईजना घाइते भएका छन् ।मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका-११ मा मंगललबार बिहान भे १ प १०५५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा गम्भीर घाइते टिप्पर चालक र सहचालकको छेडागाड नगर अस्पताल, थलहमा उपचार भइरहेको छ ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार मृतक मध्यपहाडी राजमार्ग निर्माण गरिरहेको सुरुकृति कम्पनीका ट्याक्टर चालक हुन् ।

‘टिप्पर ओरालो सडकमा आउँदै गर्दा ब्रेक फेल भएर भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, डीएसपी पाण्डेले भने ।

सम्बन्धित समाचार