नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू

9.6k Shares

जानकी । ‘अहिले म सुर्खेतबाट आउँदै छु, एक्कासि अगाडि गाडीहरु रोकिएको देखेँ, दुर्घटना भएछ भन्ने ठानेको थिएँ, तर ‘ट्राफिक लाइट’ बलेर पो अगाडि गाडी रोकिएका रहेछन्’, सुर्खेत बाङ्गेसिमलका प्रवीणकुमार गिरीले ट्राफिक जाममा रोकिँदै नेपालगञ्जमा लागू भएको ट्राफिक लाइटको अनुभव सुनाए । 

उनी नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत आफन्तलाई भेट्नका लागि आज सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा धम्बोझीमा लागू गरिएको ट्राफिक लाइटको नियमलाई पालना गर्दै जाममा रोकिएका थिए । मोटरसाइकल चालक गिरीले ई–रिक्साका कारण नेपालगञ्जको सडक अस्तव्यस्त हुने हुँदा ट्राफिक लाइटको नियम आफूलाई प्रभावकारी लागेको बताए ।

सम्बन्धित समाचार